पक्राउपछि टिचिङ अस्पताल भर्ना ओलीको स्वास्थ्य सामान्य

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण (टिचिङ) अस्पताल महाराजगन्ज भर्ना गरिएका उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए।

उनको शनिबार स्वास्थ्य परीक्षण गरियो। परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो। बिहान भर्ना हुँदा मुटुको धड्कन बढे पनि हाल ठीक भएको छ। मिर्गौला पनि ठिक रहेको छ, उनले भने।

अस्पतालका प्रवक्ता डा सेढाईले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले अस्पतालमा नै राखेर उपचार गरिने बताए। अध्यक्ष ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेर उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरेको हो।

उनलाई गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.