ओली र लेखकलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं  : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको हिरासत बसाइ लम्बिएको छ । काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएसँगै उनीहरुको हिरासत बसाइ लम्बिएको हो ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको अनुसन्धानका लागि चैत १४ गते पक्राउ परेका ओली र लेखकका तर्फबाट चैत १५ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो ।

उक्त बन्दीप्रत्यक्षीकरणको निवेदनमा पहिलो पटक चैत १६ गते भएको सुनुवाइमा सरकारका नाममा कारण देखाउ आदेश भएको थियो ।

जेन–जी आन्दोलन घटनाको जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयलगत्तै चैत १४ गते प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.