धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद आकृति अवस्थीलाई महिला तथा सामाजिक मामिला समितिको सभापतिमा नियुक्त गरेको छ। समानुपातिक सूचीबाट प्रतिनिधिसभामा पुगेकी अवस्थीलाई पार्टीले उक्त जिम्मेवारी दिएको हो।
अवस्थी जेनजी आन्दोलनका क्रममा घाइते भएका मुकेश अवस्थीकी दिदी हुन्। उनी डडेल्धुराको अमरगढी नगरपालिका निवासी हुन् र महिला शिक्षा, स्वास्थ्य तथा मानवअधिकारका क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
यसअघि २०७९ सालको निर्वाचनपछि उक्त समितिको सभापतिमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट विमला सुवेदी नियुक्त भएकी थिइन्। रास्वपाले पछिल्लो समय संसदीय समितिहरूमा आफ्ना सांसदहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने क्रमलाई तीव्र बनाएको छ।