धनगढी उपमहानगरमा संघीय सरकारको निर्णयको अवज्ञा गर्दै विद्यार्थी भर्ना अगाडि बढाउँदै

धनगढी  : धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयको अवज्ञा गर्दै भोलि (वैशाख ४) गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

मेयर गोपाल हमालले बिहीबार एक सूचना जारी गर्दै भोलिदेखि विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् ।

संघीय सरकारको निर्णय अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले चैत २६ गते पत्राचार गरेर भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने र वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने भनेर सबै स्थानीय तहमा पत्राचार गरेको मेयर हमालले सूचनामा उल्लेख गरेका छन् ।

तर उपमहानरका सरोकारवालाबाट वैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि पठनपाठन गर्दा विद्यार्थीहरूको पठनपाठन अवरोध हुने, पाठ्यक्रम अनुसारको वार्षिक कार्य घण्टा नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास हुने सुझाव आएको सूचनामा भनिएको छ ।

सोही सुझावका आधारमा नगर शिक्षा समितिको बिहीबार बैठक बसेर उपमहानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई भोलिदेखि वैशाख ११ गतेसम्म विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि पठनपाठन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.