अत्तरीया खानेपानी संस्थाको चुनाव : नयाँ नेतृत्व चयनका लागी क-कसको उम्मेदवारी ?

अत्तरिया  : गोदावरी नगरपालिका अत्तरीया खानेपानी संस्थाको यहि वैशाख २६ गते हुने चुनावको लागी उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ। आज वैशाख १४ गते अर्थात् सोमबारका दिन सस्थाको नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता आह्वान गरिएको थियोे।

उक्त खानेपानी सस्थाको नयाँ नेतृत्वको लागि एक जना एकल अध्यक्ष पदको लागि उम्मेदवारी र ४ जनाको समुहले उम्मेद्वाररी दर्ता गराएका छन्।

जसमा संस्थाको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदम राजेन्द्र बहादुर खड्का, हर्क बहादुर शाह, गणेश शाह, राज बहादुर खड्का प्यानलसहित दर्ता गरेका छन्। भने अध्यक्ष पदमा नन्दराज भट्टले एकल उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थामा प्रत्यक्ष निर्वाचित ११ सदस्य रहने भएको छ। संस्थाका ५ हजार ७ सय ४२ उपभोक्ता मतदाता रहेका छन् । यस्तै अध्यक्ष पदमा उम्मेदवारले ७ हजार ५ सय रुपैयाँ तोकिएको थियो। भने पदाधिकारी पदका लागी ५ हजार ५ सय र सदस्य पदका उम्मेदवारका लागी ३हजार ५ सय फिर्ता नहुने गरी तोकिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.