धनगढी । कैलाली निर्माण व्यवसायी संघको यही वैशाख २४ र २५ गते हुन गइरहेको अधिवेशनमा अध्यक्ष पदमा धिरेन्द्र साउदले उम्मेदवारी घोषणा गरेका छन्।
समाज सेवी तथा युवा ब्यवसायी साउदले निर्माण व्यवसायीको निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिए । कैलालीको धनगढीमा लामो समय देखि मेडिकल व्यवसायी समेत गदै आएका साउदलाई विभिन्न सदस्य तथा शुभेच्छुकहरूले समर्थन पनि गरिरहेका छन्।
समर्थकहरूले संघमा आबद्ध सम्पूर्ण साधारण सदस्य तथा अग्रज निर्माण व्यवसायीलाई एकजुट भई परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन्।
साउद जुझारु, मिलनसार र सरल स्वभावका उम्मेदवार मानिन्छन्। कैलाली निर्माण व्यवसायी संघको आगामी नेतृत्व चयनका लागि हुने यो चुनावलाई व्यवसायीहरूले चासोका साथ हेरिरहेका छन्।