धनगढी : कृषि तथा पशुपक्षी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुगमन गरेकी छन ।
निकुञ्जको वर्तमान अवस्थामा भइरहेको संरक्षण सम्बन्धी गतिविधिको बारेमा जानकारी लिनका लागि उनले अनुगमन गरेकी हुन । त्यस क्रममा मन्त्री चौधरीले मानव–वन्यजन्तुबिचको द्वन्द्व न्युनीकरणमा थप ध्यान दिन निकुञ्ज कर्मचारीलाई निर्देशन दिइन । यसैगरी पर्यापर्यटनमार्फत जनताको आयआर्जनमा वृद्धि गर्नतर्फ पनि निकुञ्जले विशेष जोड दिन आवश्यक रहेको उनले औंल्याइन ।
निकुञ्ज कार्यालय प्रमुख चन्द्रशेखर चौधरीले निकुञ्ज प्रशासनले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरी सिकार नियन्त्रण, समस्याग्रस्त वन्यजन्तुको उद्धार लगायतका कार्यहरू प्रभावकारी ढङ्गले गरिरहेको जानकारी गराएका थिए ।