अत्तरिया :उदयदेव बहुउदेश्य सहकारी संस्था कञ्चनपुर कृष्णपुर सेवा केन्द्रले अनाथ आसयहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
सहरकारीले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा रहेको कृष्ण प्रणामी सेवा धाममा रहेका बालबालिकाहरुलाई सोमबार शैक्षिक सामग्री सहयोग गरेको हो ।
झोला, कापी, डट्पेन र प्यान्सिल लगायतका स्टेश्नरी सामग्री सहयोग गरेको कृष्णपुर सेवा केन्द्रको शाखा प्रबन्धक त्रिलोक बहादुर चन्द ले जानकारी दिए ।
उनले बालबालिकाहरुलाई पढाईमा थोरै भए पनि सहयोग पुगोस भन्ने उदेश्यका साथ संस्थाले सहयोग गरेको बताए । संस्थाले अन्य समयमा पनि विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको उनले जनाएका छन् ।