अत्तरिया : देशका केही भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव र बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण वर्षा भइरहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान तथा बाँकी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षारहिमपात सम्भावना छ ।
विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
देशको थोरै स्थानमा भारी वर्षारहिमपात सम्भावना रहेको विभागले बताएको छ । मौसमविद् विनोद पोखरेल रातभर कोसीदेखि वाग्मतीसम्म लगभग सबै ठाउँमा एकनासको हल्का वर्षा भएको बताउँछन् । मध्यरातपछि लुम्बिनी र गण्डकीका पूर्वी भागमा पनि वर्षा सुरु भएको उनले बताएका छन् ।