विराटनगरलाई ४ विकेटले हराउदैँ कर्णालीको रोमाञ्चक जित

अत्तरिया : कप्तान सोमपाल कामीको अलराउन्ड प्रदर्शनमा विराटनगर किंग्सलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार दोस्रो जित दर्ता गरेको छ।

बिहीबारको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। विराटनगरले दिएको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले १ बल अगावै भेट्टायो। कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले हराएको थियो।

विराटनगरले भने एनपीएलमा लगातार दोस्रो हार व्यहोरेको हो। विराटनगर पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको थियो। छैटौँ विकेटका लागि सोमपाल कामी र पवन सर्राफले ६६ रनको साझेदारी गर्दै कर्णालीको जितको आधार तयार पारेका थिए।

पवन २८ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाउँदा प्रतिश जि।सीको बलमा क्याच आउट भए। सातौँ विकेटका लागि सोमपाल र गुल्सन झा ले ६४ रनको अविजिति साझेदारी गरेपछि कर्णालीले रोमाञ्चक जित हात पार्‍यो।

सोमपाल ६२ र गुल्सन २८ रनमा अविजित रहे। सोमपालले ३२ बलमा ४ चौका र ३ छक्का हाने। गुल्सनले २१ बलमा २ चौका र २ छक्का हाने।
सोमपालले २७ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरे। एनपीएलमा अर्धशतक पूरा गर्ने सोमपाल पाचौँ खेलाडी हुन्।

यसअघि डेयिवड मलान, मोइन अली, दीपेन्दसिंह ऐरी र लोकेश बमले अर्धशतक हानेका थिए। १२ बलमा ३ चौका र ३ छक्का हानेका अरिफुल ३२ रन बनाउँदा क्याच आउट हुन पुगे। दिपक डुम्रे २० रनमा बोल्ड आउट भए।

कर्णालीलाई कम स्कोरमा रोक्न एंगेलो म्याथुजले ३ विकेट लिए। चरिथ असलंका, प्रतिश जि।सी र सन्दीप लामिछानेले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८६ रनको विशाल योगफल तयार पारेको थियो। जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो।

विराटनगरका लागि ओपनर लोकेशले सर्वाधिक ७ रनको योगदान दिए। उनले ५२ बलमा ३ चौका ९ छक्का प्रहार गरे। लोकेशले १ रन बनाउँदा सोमपालको बलमा नन्दन यादवले क्याच छोड्दा लोकेशले जिवननदान पाएका थिए।

४ रन बनाउँदा कप्तान सोमपालले एलबीडब्लुको अपिल गरेपनि डीआरएसको मद्धतमा नटआउट रहे। लोकेश १६ औँ ओभरको पाचौँ बलमा सोमपाल कै बलमा कट एण्ड बोल्ड हुन पुगे।

अर्का ओपनर इमरान शेख ५ रन बनाउँदा मार्क वाटको बलमा क्याच आउट भए। चरिथ असलंका ३ रन बनाउँदा सोमपाल कामीको बलमा गुल्सन झा को हातबाट क्याच आउट भए।

चौथो विकेटका लागि लोकेश र एंगेलो म्याथुसले ७१ रनको साझेदारी गरे। २३ बलमा ४ चौका सहयोगमा ३१ रन बनाएका एगंलो सोमपाल कै बलमा बोल्डआउट भए।

शेहान जयसूर्या ११ रन बनाउँदा रनआउट भए। १५ बलमा ३ चौका र २ छक्का सायेगमा २७ रन बनाएका आन्द्रे रसेल सोमपाल कै बलमा क्याच आउट भए।

बसिर अहदम १३ रनमा बोल्ड आउट भए। साजन थपलिया शून्य रनमा अविजित रहे। कर्णालीका कप्तान सोमपालले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ३३ रन खर्चे। मार्क वाटको नाममा एक विकेट रह्यो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.