कैलालीमा सवारी ज्यान र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया  : जिल्ला अदालत कैलालीको फैसलाअनुसार कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–३ का ३४ वर्षीय बुधराम थारु र वडा नम्बर ५ का ३० वर्षीय प्रदिप कुमार चौधरी रहेका छन्।

सवारी ज्यान मुद्दामा थारुलाई ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो भने बैंकिङ कसुर मुद्दामा चौधरीलाई ५ दिन कैद र ४ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो।

उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार आफ्नै घर ठेगानाबाट पक्राउ गरेको हो।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.