अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
संस्थाको प्रांगणमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । खानेपानीको नयाँ नेतृत्वको लागि तीनजना अध्यक्षका उम्मेदवार प्यानलसहित प्रतिस्पर्धामा रहेका छन् ।
अध्यक्षका लागि हर्क बहादुर शाह, राजेन्द्र खड्का, गणेश शाह प्यानल सहित चुनावी मैदानमा छन् । ११ जनाको कार्यसमिति चयनका लागि हुने निर्वाचनमा तीन प्यानल, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षमा १\१ जना र सदस्यामा २ जनाले गरेर ३८ जना चुनावी मैदानमा छन ।
जसअनुसार अध्यक्षमा ३ उम्मेदवार हुँदा उपाध्यक्ष, महासचिव, कोषाध्यक्षमा ४\४ जनाको उम्मेदवारी परेको छ भने सचिवमा ३ जनाले उम्मेदवारी दिएका छन् । २ पुरुष सदस्यका लागि ७ र ४ महिला सदस्यका लागि १३ जना उम्मेदवार बनेका छन् ।
१७ औँ साधारण सभा अन्तर्गत हुन लागेको निर्वाचनमा हर्क बहादुर शाहको टिमबाट उपाध्यक्षमा प्रेम सिंह कडायत, महासचिवमा धनराज विष्ट जोशी, कोषाध्यक्षमा नर बहादुर बलायर र सचिवमा मदन राज शर्मा (जोशी) रहेका छन् । सदस्यमा धर्मराज भट्ट, लक्ष्मी बोहरा, मनीषा राना, शकुन्तला कुमारी पाण्डे, सुरज जोशी र उर्मिला बोगटी रहेका छन् ।
यस्तै राजेन्द्र खड्का नेतृत्वको टिममा उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, महासचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउँद र सचिवमा छबिन्द्र नाथ योगी रहेका छन् । सदस्यमा रमेश कडायत, वीर बहादुर विश्वकर्मा, चन्द्रा कुमारी कठायत, जमुना देवी साउँद, खिमा देवी ओझा र राधा विष्ट कुँवर रहेका छन् ।
गणेश शाह नेतृत्वको टिममा उपाध्यक्षमा पुष्प राज चटौत, महासचिवमा तीर्थ राज ओझा, कोषाध्यक्षमा बाबु राम बलमपाकी, सचिवमा टेक बहादुर मल्लले उम्मेदवारी दिएका छन् । सदस्यमा अमुना देवी चौधरी, हेमा कुमारी चन्द, हेमा नौन्याल, धना खत्री, चक्र बहादुर देउवा, तेज राज भट्टले उम्मेदवारी दिएका छन् ।
यस्तै गोरख बहादुर कडायतले महासचिव, राम दत्त भट्टले सदस्यमा व्यक्तिगत उम्मेदवारी दिएका छन् । कार्यसमितिको लागि उपाध्यक्षमा चन्द्र सिंह धामी, कोषाध्यक्षमा सुरेन्द्र बहादुर साउँद र सदस्यमा नन्दा देवी कामीले पनि उम्मेदवारी दिएका छन् ।
यस निर्वाचनमा कुल ५ हजार ७ सय ४२ जना मतदाता सहभागी हुनेछन् । बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ ।