अत्तरिया : कैलालीमा एक जना मृत फेला परेका छन् ।
गोदावरी नगरपालिका–४ लामामोडस्थित गोदावरी सामुदायिक वनमा बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौँ का अन्दाजी २५ वर्षीय ओमप्रकाश लावड शुक्रबार दिउँसो मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताएका छन् ।
लावडको शव पोस्टमार्टमका लागि राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।