काँग्रेस पार्टी सभापति थापालाई धनगढी विमानस्थलमा भव्य स्वागत

धनगढी  : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा धनगढी पुगेका छन् । विशेष महाधिवेशनपछि थापा पहिलोपटक निवर्तमान सभापति देउवाको गृहप्रदेश पुगेका हुन् ।

उनको स्वागतका लागि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विमानस्थलमै पुगेका छन् । यसअघि थापालाई सभापति मान्न नसकिने र आफ्नो सभापति देउवा नै भएको बताउँदै आएका शाह थापाको स्वागतका लागि विमानस्थलमै पुगेका हुन् ।

पार्टी सभापति थापालाई स्वागत गर्न सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, आर्थिक मामिलामन्त्री बदादुर थापा, वनमन्त्री शिवराज भट्ट र अर्थ राज्यमन्त्री प्रकाश बम पनि विमानस्थल पुगेका छन् । उनीहरूलाई भने विमानस्थलभित्र प्रहरीले प्रवेश गर्न दिएन । पार्टीको केन्द्रीय नेतृत्वले मुख्यमन्त्री फेर्ने गृहकार्य गरिरहेको चर्चाबीच मुख्यमन्त्री थापाको स्वागतमा पुगेका हुन् ।

नेपाली कांग्रेसले आजदेखि सुरु गरिरहेको प्रदेश र स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेलाका लागि थापा धनगढी पुगेका हुन् । भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार नै धनगढी पुगिसकेका छन् । भेला दुई दिनसम्म चल्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.