धनगढी : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय कार्यसमितिमा १९ जना सदस्य मनोनीत गरेका छन् । सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका नेताहरूसमेत समेटेर नयाँ मनोनयन गरेका हुन् ।
मनोनीत हुनेमा सुदूरपश्चिम प्रदेशबाट तीन जना परेका छन् । दार्चुलाका दिलेन्द्रप्रसाद बडू, कैलालीकी सुशिला मिश्र भट्ट तथा कैलालीकै डा. जीवन राना केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
सभापति थापाले धनुषाका महेन्द्र यादव, कास्कीका जीवन परियार, चितवनका उमेश श्रेष्ठ, पर्साका रमेश रिजाल, मोरङकी सुजाता कोइराला, गुल्मीका डा. चन्द्रकान्त भण्डारी, पर्साका अजयकुमार चौरसिया, उदयपुरका लक्ष्मी परियार, सोलुखुम्बुका आङ्गेलु शेर्पा, सप्तरीका दिनेशकुमार यादव, सुनसरीका राजीव कोइराला र राजीव ढुंगाना, प्यूठानका प्रा.डा. गोविन्दराज पोखरेल, महोत्तरीकी नागिना यादव, चितवनका दिनेश कोइराला तथा धादिङकी सीता थपलिया (उर्मिला) लाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
नयाँ मनोनयनलाई पार्टीभित्र विभिन्न समूहबीचको सन्तुलन मिलाउने प्रयासका रूपमा हेरिएको छ ।