धनगढी बोराडाँडीमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

धनगढी  : अत्तरियादेखि धनगढीतर्फ आउँदै गरेको स्कुटर दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ स्थित ब्यारेक चोक नजिक सुप ०१०१४ प २६२८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक अछामको मेल्लेख गाउँपालिका–६ घर भएका ३७ वर्षीय प्रभाकर भट्टराईको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार दुर्घटनापछि भट्टराईको घटनास्थलमै ज्यान गएको पुष्टि भएको हो।

दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.