अत्तरिया खानेपानीमा टोल फ्री नम्बर जडान

अत्तरिया  : कैलालीको गोदावरी-२ स्थित अत्तरियामा रहेको अत्तरिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा टोल फ्री नम्बर जडान गरिएको छ ।

उपभोक्ताहरूलाई सहज, छिटो तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले अत्तरिया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले टोल फ्री नम्बर सेवा सञ्चालनमा ल्याएको हो ।

खानेपानी सँग सम्बन्धित कुनै पनि समस्या तथा गुनासो उपभोक्ताहरूले उक्त टोल फ्री नम्बरमा निःशुल्क कल गरेर जानकारी गराउन सक्ने सस्थाका महासचिव धर्म सिंह कुँवरले जानकारी दिएका छन्।

उनले पानी नआउने, पाइप चुहिने, बिल सम्बन्धी समस्या लगायत अन्य गुनासोका विषयमा उपभोक्ताले सो नम्बरमा सम्पर्क गर्न सक्ने जानकारी दिए। उपभोक्ताको समस्यालाई छिटो समाधान गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन टोल फ्री नम्बर सञ्चालन गरिएको बताउँदै उपभोक्ताहरूलाई सेवा उपयोग गरी समस्या समाधानमा सहयोग गर्न आग्रह समेत गरेको छन्।
टोल फ्री नं १८१०-५०-००३८४ रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.