सुदूरपश्चिम प्रदेशमा ‘स्काउट्स पिस एन्ड सेक्युरिटी’ कार्यक्रम सुरु

धनगढी  : नेपाल स्काउटले सुदूरपश्चिम प्रदेशमा ‘फिनल्याण्ड–नेपाल पार्टनरशिप प्रोजेक्ट अन्तर्गत स्काउट्स पिस एन्ड सेक्युरिटी’ कार्यक्रम सुरु भएको छ।

मंगलबार धनगढीमा आयोजित प्रादेशिक शुभारम्भ कार्यक्रममा युवामाझ शान्ति, सुरक्षा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा स्काउट अभियानमार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने, युवालाई अनुशासित तथा जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्य राखिएको नेपाल स्काउट सुदूरपश्चिम प्रदेश आयुक्त नरेन्द्र थापाले बताए ।

‘फिनल्याण्ड–नेपाल पार्टनरशिप प्रोजेक्ट’ अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले विशेषगरी युवामा नेतृत्व, सहकार्य, सामाजिक चेतना तथा सुरक्षासम्बन्धी व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने थापाले बताए।

उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक युवा सशक्तिकरणद्वारा सबैलाई अगाडि बढाउन सके युवा मैत्री विकासमा सहज हुने बताउछन्।

सुदुरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँले नेपाल स्काउटले गरेको काम गर्व गर्न लायक रहेको बताए। स्काउटले सुदूरपश्चिमका राम्रा कुराहरूको उजागर गरेकोमा समेत धन्यवाद ज्ञापन गरे । विकास र परिवर्तन विस्तारै हुँदै गएको उनले बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँ, प्रदेश सभा सदस्य धर्मराज पाठक , प्रदेश प्रहरी प्रमुख ओम बहादुर राना सञ्चारकर्मी, स्काउटका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.