टीकापुरमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार

अत्तरिया  : कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिमका प्रशिक्षार्थी हुन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारका लागि सुर्खेत लगिएको उनले बताए ।

टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएको बताइएको छ ।

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.