अ्त्तरिया : नेपाली कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरेको छ ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा जेठ ११ गतेका लागि तय गरिएको सदस्यता अद्यावधिक सम्बन्धी उक्त कार्यक्रम विशेष कारणवश स्थगित गरिएको हो ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ति अनुसार उक्त सुदूरपश्चिम प्रादेशिक कार्यक्रम अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।
पार्टीको क्रियाशील तथा साधारण सदस्यता व्यवस्थापन र अद्यावधिक गर्ने उद्देश्यले देशव्यापी अभियान अन्तर्गत यो कार्यक्रम आयोजना हुन लागेको थियो ।