धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु भएको छ। यो भेला संस्थापन इतर पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको हो।
भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महर सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता छ।
कार्यक्रममा नेता कार्यकर्ता बाक्लो उपस्थिति छ। यस अघि काँग्रेसका संस्थापन पक्षले प्रदेश स्तिरिय भेला गरेको थियो । धनगढीको ओम पार्टी प्यालेसमा नै भेला गरेको थियो । त्यो भेलाको प्रमुख अतिथि काँग्रेसका सभापति गगन कुमार थापा रहेका थिए । गगन थापा सहभागि भएका भेलामा नदेखिएका नेता कार्यकर्ताहरु आज देखिएका छन् ।