नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह

काठमाण्डौँ  : प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतीय सीमा मिचेको बताएका छन्। आइतबार संसदमा सांसदहरुले उठाएका सीमा विवाद सम्बन्धी प्रश्नको जवाफ दिँदै दुई देशले एक अर्काको सीमा अतिक्रण गरेको बताएका हुन्।

शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको जानकारी पाएको बताएका हुन्। उनले भने, ‘मैंले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ नेपालले पनि भारतको सीमा मिचेको रहेछ।’

प्रधानमन्त्री शाहले लिम्पियाधुरा लिपुलेक सीमा विवादको समस्या समाधान गर्न सरकारले दुवै देशसँग संवाद गरिरहेको जानकारी दिए। प्रधानमन्त्री शाहले लिपुलेक र लिम्पियाधुरा विवादबारे नेपाल सरकारले भारत सरकारलाई आधिकारिक रूपमा कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफ समेत आइसकेको जानकारी दिए।

भारतबाट प्राप्त जवाफमा दुवै देशका इतिहासविद्, नापी अधिकारी ९सर्भेयर० र भूमिसम्बन्धी जानकारहरूलाई राखेर वार्ता ९टेबल टक० मार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको बताए।

सीमा विवाद समाधानमका लागि भारत र चीनसँग मात्र नभई बेलायतसँग समेत छलफल गरिएको बताए। शाहले भने, ‘यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ। त्यो जवाफमा चाहिँ दुइटै सरकारले आफ्नो इतिहासविद्हरू राखेर, आफ्नो सर्भेयरहरू राखेर, आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर, इङ्गल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिश इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि, यसमा चाहिँ इङ्गल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक, डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.