धनगढी : निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा लक्ष्मणकुमार स्वार अध्यक्ष पदमा निर्वाचित भएका छन्।
निर्वाचनको मतगणना सम्पन्न भएपछि राति सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार स्वारले १८३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी किशोर ठकुराठीले ७४ मत प्राप्त गरेका थिए।
महासंघको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी १६८ मतसहित विजयी भएका छन्। त्यसैगरी उपाध्यक्ष पदमा पदम भण्डारी १६० मत र बिक्रम खड्का ९९ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
महासचिवमा खेमराज जोशी १५९ मतसहित विजयी हुँदा उपमहासचिव ९नीतिगत० मा आङदावा शेर्पा १९२ मत र उपमहासचिव (आन्तरिक) मा राजेश गिरि १७० मतसहित निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा निर्मल कुमार देउवा १७४ मत तथा सह–कोषाध्यक्षमा निर्मला सापकोटा १२९ मतसहित विजयी भएका छन्।
सदस्य पदमा दिनेशराज भट्ट १९९ मत, अमरसिंह रावल १८३ मत, राजेश मधिकर्मी १७५ मत, विनोदप्रसाद भट्ट १७५ मत तथा सुनिल कुँवर १६० मतसहित निर्वाचित भएका छन्।
निर्वाचनमा कुल २६४ मतदाता सहभागी भएका थिए। नयाँ नेतृत्व चयनसँगै महासंघको सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी कार्यकालका लागि जिम्मेवारी सम्हाल्ने भएको छ।