काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । कैलाली लगायत केही भूभागमा बिहानैबाट वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
विभागले राति कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस प्रदेशलगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षारहिमपातको पूर्वानुमान छ ।
मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभाग साथै देशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना छ ।
जलवायुविज्ञ धर्मराज उप्रेती आज देशका धेरै स्थानमा वर्षा हुने बताउँछन् । केही स्थानमा भने घाम पनि लाग्ने उनको भनाइ छ ।
“आज पश्चिमी वायु पूर्वतिर सर्दै छ । मनसुनी वायु नेपाल प्रवेश गर्दै गरेकाले देशको पश्चिमदेखि मध्य र पूर्वी भागमा वर्षा, हावाहुरीसमेतको सम्भावना छ,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “तराईमा गर्मी केही कम हुनेछ । तर, केही क्षेत्रमा हावाहुरी समेतको सम्भावना छ । ”