सुदूरपश्चिमका डीआईजी रानाको सरुवा, भट्टराई आउदै

अत्तरिया  : सुदूरपश्चिमका डीआईजी ओम रानाको सरुवा भएको छ। रानाको सरुवा भएपछि उनको स्थानमा सानुराम भट्टराइ आउने भएका छन। नेपाल प्रहरीका चारजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृह मन्त्रालयले गरेको निर्णयअनुसार विभिन्न प्रदेश तथा विभागमा उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवा सूचीअनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेशमा, ओम अधिकारीलाई मधेस प्रदेशमा र गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालयमा खटाइएको छ। त्यस्तै, ओम रानालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। राना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुख रहेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.