अत्तरिया : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको गोदावरी नगरपालिका–११ स्थित श्रीराम आधारभूत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा संस्थाका प्रदेश कार्यालय प्रमुख सरोज पण्डित, अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख जयन्त भण्डारी, शाखा कार्यालय कृष्णपुरका शाखा प्रबन्धक प्रकाश मडै लगायतको उपस्थितिमा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा गोदावरी नगरपालिका–११ का वडा अध्यक्ष प्रेम सिंह बडैला प्रमुख अतिथि रहेका थिए । साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल बहादुर कामी, प्रधानाध्यापक कलावती शाह बडैला तथा स्थानीय बुद्धिजीवी, अभिभावक र शिक्षकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको खेलकुद सामग्रीले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
यस अवसरमा विद्यालय परिवारले शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको समग्र विकासमा पुर्याएको योगदानको कदर गर्दै मेरो माइक्रोफाइनान्सलाई सम्मान–पत्र प्रदान गरेको थियो।