अत्तरियामा ‘उग्रतारा’ नाटक मञ्चन

अत्तरिया : गोदावरी नगरपालिका अत्तरिया स्थित रविन कला केन्द्र र प्रतिभा सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा आईतबार ऐतिहासिक तथा सांस्कृतिक नाटक ‘उग्रतारा’ सफलतापूर्वक मञ्चन गरिएको छ।
‘कला, संस्कृति र पहिचानको अभियान सुदूरपश्चिमको गौरव, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा ऐतिहासिक आस्था, सांस्कृतिक धरोहर तथा मानवीय कथामा आधारित ‘उग्रतारा’ नाटक प्रस्तुत गरिएको थियो।
नाटकको नाट्य रूपान्तरण पुष्पराज अवस्थीले गरेका हुन् भने निर्देशन सुनिल पन्तले गरेका छन्।

कार्यक्रमको प्रवर्द्धकका रूपमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सुदूरपश्चिम प्रदेश रहेको थियो।
आयोजकका अनुसार स्थानीय कला, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नाटक मञ्चन गरिएको जनाएको छ। नाट्य कलाकारहरूले प्रभावशाली अभिनय गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.