कैलालीमा करेन्ट लागेर बालिकाको मृत्यु

धनगढी  : कैलालीको गौरीगंगा नगरपालिका–६ मा घरायसी प्रयोजनका लागि प्रयोग गरिएको पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक बालिकाको ज्यान गएको छ।

शनिबार साँझ स्थानीय तपेन्द्र साउदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई घरमा जडान गरिएको विद्युतीय मोटरबाट अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएकी आयुस्मालाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइए पनि चिकित्सकले बचाउन सकेनन्।

बालिकाको उपचारकै क्रममा मृत्यु भएको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.