अत्तरिया । युवतीलाई गोप्य अंग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका सुरेन्द्र भट्टले क्षणिक आगेवमा आएर आफूले युवतीलाई अंग देखाएको बयान दिएका छन् ।
शिक्षा मन्त्रालयका अधिकृत समेत रहेका बैतडीको पाटनका ५५ वर्षीय भट्टले आइतबार बिहानै ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलमा हिँडिरहेकी युवतीलाई गोप्य अंग देखाएका थिए ।
युवतीले भट्टले अंग देखाउँदै गरेको भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । भिडियो सार्वजनिक भएपछि भने प्रहरीले उनको खोजी गरेको थियो ।
लबदष्
िसोही भिडियोका आधारमा उनी सोमबार दिउँसो इमाडोलबाट पक्राउ परेका ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानका त्रममा भट्टले आफूले क्षणिक उत्तेजना र आवेगमा आएर अंग देखाएको बयान दिएका छन् ।
उनले बयानमा भनेका छन्, “म क्षणिक आवेग र उत्तेजनामा आएँ । मेरो मति बिग्रियो ।” भट्टले त्यही बेला युवतीसित समेत माफी मागेको खुलेको छ ।
प्रहरीको अनुसन्धानका क्रममा भट्टको मानसिक अवस्था समेत राम्रै रहेको खुलेको छ । प्रहरीले सार्वजनिक स्थानमै युवतीलाई गोप्य अंग देखाएपछि उनको मानसिक अवस्थाबारे डाक्टरहरूसित परामर्श लिएका थिए ।
प्रहरीको अनुसन्धानका क्रममा भट्ट शिक्षा मन्त्रायबाट कार्यक्रमका लागि देशका विभिन्न जिल्ला समेत पुग्ने गरेको खुलेको छ ।