काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ ।
उनको उपचारका क्रममा केहीवेर अघि वीर अस्पतालमा निधन भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले जानकारी दिए। प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि आज विहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर ५५ प्रतिशत जलेको अस्पतालले जानकारी दिएको थियो।
यसअघि बिहीवार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको हिजो उपचारका क्रममा निधन भएको थियो। सर्लाहीमा आत्मदाह प्रयास गरेका ४२ वर्षीय विवेक मण्डलको भने अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।