बझाङमा जिप दुर्घटना, ३ जनाको मृत्यु

बझाङ  : बझाङमा बोलेरो जिप दुर्घटना भएको छ । केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भईसकेको छ । १६ जना सवारी जिपमा ६ जना गम्भिर घाईते रहेका छन् । मृतको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० टेकबहादुर जोराले जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली त्यसतर्फ हिंडेको जनाएको छ।

तर, घटनास्थल टाढा र भौगोलिक रूपमा विकट भएका कारण विवरण प्राप्त भइनसकेको जोराले बताए । जिपमा १५ १६ जना सवार भएको प्रारम्भिक जानकारी आएपनि यकिन हुन बाँकी रहेको छ ।

जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ । अहिले घाइतेको उद्धारका लागि स्थानीयहरु घटनास्थलतर्फ गइरहेको अध्यक्ष बोहराले बताए । घाइतेको उद्धारका लागि हेलिकप्टर बोलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.