धनगढी : धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत वडा नं. ११ लक्ष्मीनगरदेखि वडा नं. १३ कैलाली गाउँसम्म ४६ वटा सेन्सरयुक्त सडकबत्ती जडान कार्य सम्पन्न गरेको छ।
सडकबत्ती जडान भएसँगै रातको समयमा आवागमन सहज हुनुका साथै सुरक्षा व्यवस्थामा समेत सुधार आउने अपेक्षा गरिएको छ।