धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट विवादबारे छलफल भईरहेको छ । एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर छलफल भईरहेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भईरहेको छ । सत्ता गठबन्धनमै रहेको एमालेले प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्रीले उनीहरूको धारणा सुन्ने र त्यसपछि केन्द्रसँग थप परामर्श गरेका हुन ।
यसअघि उनी बजेट विवादबारे छलफल गर्न काठमाडौं पुगेर कांग्रेस नेतृत्वसँग भेटवार्ता गरेका थिए।