गौरीफन्टामा रुख ढल्दा बझाङ घर भएका रिक्सा चालक रोशन भट्ट गम्भीर घाइते

धनगढी  : गौरीफन्टामा रुख ढल्दा नेपाली रिक्सा चालक घाइते भएका छन्। शनिबार बिहान ८ बजे गौरीफन्टास्थित क्यान्टेन नजिकको सुकेको सालको रुख ढल्दा बझाङको बित्थडचिर गाउँपालिका ७ का २२ वर्षीय रोशन भट्ट गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

दुधवा टाइगर रिजर्भमा पर्ने सीमानाकामा यात्रु लिन अटोरिक्सासहित पुगेका भट्ट रुख ढल्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी ४ मा डेरा गरी बस्दै आएका भट्टको अहिले मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, घाँटी र मेरुदण्डमा गम्भीर चोट लागेको र आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

चोटका कारण शरीरको तल्लो भाग नचल्ने समस्या देखिएको अस्पतालले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.