सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे पार्टीको सदस्यता अध्यावधिक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसको सक्रिय सदस्यता अध्यावधिक गरेका छन्। कांग्रेसभित्र शेरबहादुर देउवा पक्षसँग निकट मानिने शाहले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट आफ्नो सक्रिय सदस्यता नवीकरण गरेका हुन्।

कांग्रेस स्रोतका अनुसार शाहले साउन ३ गते नै सदस्यता अध्यावधिक गरेका थिए। उनको सक्रिय सदस्यता (एनसीआईडी) ७६३७४९१ रहेको छ। कांग्रेसले सदस्यता अध्यावधिकको समयसीमा पटक–पटक थप्दै गएपछि उनले सोमबार प्रक्रिया पूरा गरेका हुन्।

शाह विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै आएका नेतामध्ये एक हुन्। अदालतबाट आएको निर्णयपछि भने उनले गगन थापालाई सभापतिका रूपमा स्वीकार गरेको बताएका थिए।

यसअघि गगन थापाकै उपस्थितिमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका र स्थानबारे पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताएका थिए। उनले कांग्रेसभित्र सबै पक्षलाई सम्मानजनक स्थान दिँदै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.