अनशनरत डा. केसीलाई कोठा छाड्न व्यवस्थापन समितिको पत्र

धनगढी । धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ ।

व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा केसीलाई पत्र दिइएको बताउँदै डा.केसीले पूर्वसूचना बिना धर्मशालामै सत्याग्रह थालेको जनाए ।

अध्यक्ष पन्तले धार्मिक संस्थामा अनसन बस्न किन दिएको भन्ने बाहिरबाट दबाब आउन थालेकाले धर्मशाला छाड्न अनुरोध गरेको बताए ।

व्यवस्थापन समितिले धर्मशाला खाली गर्न पत्र दिएपछि अबको विकल्प’दयगत छलफल भइरहेको डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए । डा. केसी पाँचबुँदे माग राख्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.