अत्तरिया : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां गोदावरी नगर कमिटीको अध्यक्षमा शेरबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।
शनिबार सम्पन्न नगर अधिवेशनले युवा नेता शाहीलाई नगर कमिटीको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। शाही लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् । समाजसेवासँगै उनी राजनीतिक गतिविधिमा पनि सक्रिय छन्।
हाल उनी राप्रपा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टको सचिवालयमा कार्यरत छन्।