होटल संघ नेपाल सुदूरपश्चिमको अध्यक्षमा प्रकाशचन्द्र भट्ट

धनगढी। होटल संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा प्रकाशचन्द्र भट्ट सर्वसम्मत निर्वाचित भएका छन्। धनगढीमा सम्पन्न भएको प्रथम साधारण सभाले नयाँ कार्यसमिति गठन गर्दै भट्टलाई सर्वसम्मत निर्वाचीत गरेको हो ।

नवनिर्वाचित संघको वरिष्ठ उपाध्यक्षमा जगदीशचन्द्र भट्ट , उपाध्यक्षमा पदम भण्डारी र महासचिवमा धर्क शाह निर्वाचीत भएका छन्। त्यस्तै सदस्यहरूमा शारदा शाह, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता, चन्द्रप्रकाश ओली, पदम विक्रम सिंह, भुवन सिंह भण्डारी, नागेन्द्र खड्का, दिपेश शाह, पशुपति कुँवर र बसन्ता भण्डारी निर्वाचीत भएका छन्।

साधारण सभामा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।

उनले भने, पर्यटन क्षेत्रको विकासका लागि दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै शाहले “मानवीय जनशक्ति विकासमा तालिम दिएर योजना बनाएर अगाडि बढ्दा पर्यटन क्षेत्रलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सजिलो हुन्छ,” ।

नवनिर्वाचित अध्यक्ष भट्टले आफूलाई दिइएको जिम्मेवारी इमान्दारी र सक्रियताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सुदूरपश्चिमको होटल तथा पर्यटन व्यवसायको विकास, व्यवसायीका समस्या समाधान तथा पर्यटन प्रवर्द्धनका लागि समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.