अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–स्थित तेघरीमा रहेको ज्ञान ज्योति सेकेण्डरी स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख २२ हजार १ सय ११ सहयोग गरेको छ।
विद्यालयले विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ। विद्यालयबाट संकलित रकम प्याब्सन उद्धार कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले विद्यालयले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ। विद्यालयले उपलब्ध गराएको सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
विद्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा अन्य मानवीय कार्यमा आवश्यक सहयोग र सहकार्य गर्दै जाने जनाएको छ।