कञ्चनपुर : कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब ८ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका चिनी, साडी, सुटपिस, थान कपडा, बिस्कुट, किरानालगायतका सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानको अन्दाजी मूल्य ८ लाख १५ हजार ७ सय रुपैयाँ रहेको छ।