गोदावरी वडा नम्बर ४ मा हरितालिका तीज कार्यक्रम

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ४ ले नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

आज आइतबार वडा कार्यालय परिसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष हेम प्रकाश मल्लले मौलिक पर्व तीजलाई रमाइलोका साथ मनाउन आग्रह गरे ।

तीजको अवसरमा शुभकामना प्रदान गर्दै उनले स्वास्थ्यको समेत ख्याल गरेर व्रत बस्न आग्रह गरे । कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिसहित महिलाहरुको उपस्थिति रहेको थियो । महिलाहरुले नाचगान गर्दै दर खाएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.