धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्तकमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको दावी गरेका छन।
आवाससहित गास, बासको समस्या समाधान गरिदिन माग गर्दै मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए ।
मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवासलगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरे ।
उनले लामो समयदेखि समस्यामा रहेका मुक्त कमैयाको जीवनस्तर सुधार तथा पुनःस्थापनाका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा कृषि मन्त्री दमनबहादुर भण्डारी, भौतिक पूर्वाधार राज्यमन्त्री जानकीदेवी कुँवर, कृषि मन्त्रालयका कर्मचारी, नापी शाखा कैलाली प्रमुख,भूमि प्रशासन कार्यालय कैलाली प्रमुख लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।