काँग्रेस कैलाली सभापति भट्टको जिम्मेवारी खोसियो, भीम बडुवाललाई जिम्मेवारी

धनगढी । नेपाली कांग्रेसको संस्थापन पक्षले १५ औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमान्ने कैलाली जिल्ला सभापति नारायण भको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ ।

नेपाली कांग्रेसले कैलाली जिल्ला मातहतको अधिवेशन सम्पन्न गर्न जिल्ला कार्यसमितिका उपसभापति भीम बडुवाललाई विशेष जिम्मेवारी तोकेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले २०८३ असोज ६ गते बडुवाललाई पत्र पठाउँदै १५ औँ महाधिवेशनअन्तर्गत कैलालीमा जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न जिल्लाको कार्यवाहक सभापतिको रूपमा काम गर्ने गरी विशेष जिम्मेवारी तोकेको जनाएको हो।

महामन्त्री प्रदीप पौडेलद्वारा हस्ताक्षरित पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधन सहित) बमोजिम उक्त जिम्मेवारी दिइएको उल्लेख छ। निर्वाचन समितिसँग समन्वय गरी तोकिएको जिम्मेवारी पूरा गर्ने विश्वाससमेत पत्रमा व्यक्त गरिएको छ।

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको कार्यतालिका अघि बढाइरहेको छ। केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार जिल्ला अधिवेशनको कार्यक्रम पनि निर्धारित चरणमा अघि बढ्ने उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.