जन्मोत्सवमा युवा नेता ‘आगो’ को समाजसेवा

चार संस्थालाई ४८ हजार, आजीवन सहयोग गर्ने घोषणा

अत्तरिया : कैलालीका युवा नेता समाजसेवी लोकराज पाण्डेय (आगो) आफ्नो जन्म दिनमा विभिन्न संघ संस्थालाई सहयोग गर्ने घोषणा गरेका छन् ।
शुक्रबार परेको जन्मदिनमा गोदावरी नगरपालिका अत्तरिया क्षेत्रका विभिन्न सामाजिक संस्थाहरूमा आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन ।
सबको साथ सबको विकास, गास, बास कपास हाम्रो अभियान भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै ज्येष्ठ नागरिक र असायहरुको आधार बन्ने प्रयास स्वरूप जीवन रहे सम्म हरेक वर्षमा आउने जन्मोत्सवको दिन स्थापित परोपकारी ४ वटा संस्थाहरूलाई मासिक १ हजार का दरले १२ हजार रकम सहयोग हस्तान्तरण गरेका छन ।

गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) को प्रमुख आतिथ्यतामा कार्यक्रममा आयोजना गरी युवा नेता समाजसेवी लोकराज पाण्डेय (आगो) ले संस्थाहरूलाई सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष रविन्द्र शाही (गुड्डू) ले युवा नेताका रुपमा परिचित आगो दाईले गरेको कामको प्रसंसा गर्दै भने, ‘जन्मदिनमा असाय, अपाङगलाई सहयो गर्ने उदेश्यसका साथ अभियानको थालनि गरेको छ । यसले संस्थालाई केहि भए पनि सहयोग पुग्नेछ ।’। असाय र अपाङग क्षेत्रमा आफ्नो वडाले पनि प्राथमिकताका साथ काम गरेको बताए ।

युवा नेता आगोले जन्मोत्सवको अवसर पारेर अत्तरिया स्थित सेभ हाउस, दृष्टि फाउन्डेसन, सु प समावेशी आधारभूत अपाङ्ग विद्यालय, ज्येष्ठ नागरिक समाजलाई १२\१२ हजार गरी ४८ हजार रुपैयाँ सहयोग गर्ने भएका हुन ।

जन्मोत्सवको सहयोग हस्तान्तरण कार्यक्रममा युवा नेता आगोले मासिक १ हजारका दरले आजिवन सहयोग गर्ने आगोको घोषणा गरेका छन् । उनले हाल ४ वटा सस्थालाई सहयोग गरेपनि आगामी दिनमा यस्तै १० वटा सस्थालाई नियमित सहयोग गर्ने लक्ष्य रहेको बताए ।

नेता आगोले आफूले शुरु गरेको सरसफाई अभियान जुन उनको आमाको स्वर्गारोहण पछी रोकिएको थियोे । उक्त अभियानलाई निरन्तरता दिने समेत घोषणा गरेका छन् । सरसफाई अभियान अन्तर्गत पनि आगोले यस पटक गोदावरी नगरपालिका वडा नं १० मा रहेको सामुदायिक विद्यालयमा शौचालय सरसफाई गर्ने बताएका छन् । अभियानका रुपैयाँ सहयोग घोषणा गरेको बताउदै समाजका २÷३ सय जना मात्रै यस्तो अभियान जोडिए यस्ता संस्था चलाउन सहज हुने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.