शारदा ब्यारेजमा पानीको बहावले खतराको तह नाघ्यो, सवारी आवत-जावतमा रोक

धनगढी  : लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

पानीको सतह एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । पानीले खतरा तह नाघेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारीसाधन रोकिएका हुन् ।

बिहीबार रातिदेखि सुदूरपश्चिममा लगातार वर्षा भइरहेको छ । सोही कारण महाकालीमा पानीको तह उच्च हुँदै गएको छ । मौसम पुर्वामान विभागले भोली देखि विस्तारै मौसममा सुधार हुने जनाएको छ ।

निरन्तरको वर्षााका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

मौसममा सुधार नआएपछि सोमबार बिहानसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.