कञ्चनपुरमा १६ लाखका अवैध पटाका बरामद

अत्तरिया  : कञ्चनपुरमा ठूलो परिमाणमा अवैध पटाका बरामद गरिएको छ। जिल्लाको बेदकोट नगरपालिका–७ गाउजी क्षेत्रबाट लुकाई छिपाई राखिएको अवस्थामा १६ लाख ८७ हजार मूल्य बराबरको अवैध पटाका प्रहरीले बरामद गरेको हो।

​विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिक्रम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार उक्त पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

​विभिन्न प्रकारका अवैध पटाका बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.