टेलिकमको इन्टरनेट तार तान्ने क्रममा महाकाली नदीमा सशस्त्र प्रहरीका असई वेपत्ता

क्ञ्चनपुर  : सशस्त्र प्रहरीको दोधारा चाँदनी देबीस्थानस्थित बोर्डर आउट पोष्ट (बिओपी) का सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सागर राम थारु महाकाली नदीमा वेपत्ता भएका छन् ।

महाकाली नदीको क्षतिग्रस्त झोलुङ्गे पुल चुँडिएको क्षेत्रमा शनिबार मध्यान्ह थारु नदीमा वेपत्ता भएका हुन् । असई थारुको खोजी कार्य जारी रहेको छ । सशस्त्र प्रहरीले गोताखोरको टोली मगाएर थारुको खोजी कार्य गरेको छ ।

टेलिकमले विहानदेखि सशस्त्र प्रहरीको सहयोगमा रबर बोटमा राखेर इन्टरनेटका तार तान्न थालेको थियो । त्यसका लागि सशस्त्र असई थारु सहित ६ जना र टेलिकमका एक जना कर्मचारी बोटमा बसेर तार तानि रहेका थिए ।

झोलुङ्गे पुलका पिलर धस्सिएर चुँडिएको भागमा अचानक रबर बोट अनियन्त्रित भएपछि थारु सहित सवार सबै नदीमा खसेका थिए । उनीहरुमध्ये असई थारु वेपत्ता भएका हुन् ।

घट्ना लगत्तै झोलुङ्गे आएका पत्रकार खडक रावलले रबर बोट अनियन्त्रित भएर सबै जना नदीमा खसेको र तारमा लपेटिएर असई नदीमा वेपत्ता हुन सकेको आंशका गरिएको जानकारी दिए । नदीमा खसेका अन्यकोे अवस्था भने समान्य छ ।

झोलुङ्गेसंगै टेलिकमको तार चुँडिएर दोधारा चाँदनीमा टेलिकमको इन्टरनेट सेवा बन्द भएपछि शनिबार तार लग्न थालिएको थियो ।

एक साता अघि पिलर धस्सिएपछि झोलुङ्खे पुल चुँडिएको थियो । टेलिकम सहित अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले झोलुङ्गे हुँदै तार लगेर दोधारा चाँदनीमा इन्टरनेट पुगाएका थिए ।

निजी क्षेत्रका कम्पनीले भने चार लेन पुलबाट तार लगेर आफ्नो सेवा सुरु गरेका छन् । सशस्त्र प्रहरीका असई वेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३५ हेड क्वाटर शैलेश्वरीका गणपति एसपी प्रेम प्रकाश सिग्देल झोलुङ्गे पुगेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.