‘नृत्य मञ्च’२०८३ को विजेता बनिन् गोदावरी पब्लिक स्कुलकी विद्यार्थी इशीका पूजारा 

अत्तरिया:- प्रतिभाको सम्मान, नृत्यको पहिचान भन्ने मुल नाराका साथ कैलालीको अत्तरियामा करिब दुई महिना अघि देखि सञ्चालन भइरहेको विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता “नृत्य मञ्च–२०८३” को विजेता इशीका पूजारा बन्न सफल भएकी छिन्। अडिसन राउन्ड, मेगा राउन्ड, कोरियोग्राफी राउन्ड, क्वार्टरफाइनल र सेमिफाइनल चरण पार गर्दै १२ जना प्रतिस्पर्धी ग्रान्ड फिनालेमा पुगेका थिए।

शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उत्कृष्ट प्रतिभा नृत्य प्रस्तुत गर्दै गोदावरी पब्लिक स्कुलकी विद्यार्थी इशीका पूजारा विजेता बनेकी हुन्। विजेता पूजाराले नगद २० हजार १०५ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेकी छिन्। यस्तै द्वितीय हुनेमा सत्यवती एकेडेमीकी विधार्थी रिजुम बि क भएकी छिन् भने उनलाई नगद १५ हजार १०५ नगद सहित सम्मान गरिएको छ। यस्तै तृतीय स्थान हासिल गर्न सफल पुष्पाञ्जलि आवासिय विद्यालयका विद्यार्थी प्रितम बोहरालाई रु. १० हजार १०५ पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो

द डान्स सर्कल र गुरुकुल डान्स एन्ड फिटनेस स्टुडियोको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियोे।

प्रतियोगिताको उद्देश्य विद्यालय तहमा रहेका नृत्य प्रतिभाको पहिचान गरी उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ। विद्यार्थीमा लुकेका प्रतिभालाई उजागर गर्दै उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको द डान्स सर्कलका सञ्चालक तथा नृत्य प्रशिक्षक लोकेश बोहराले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.