अत्तरियामा ३ जना युवाको संयुक्त लगानीमा‘लाल्टिन क्याफे’ सञ्चालनमा

अत्तरिया:- कैलालीको अत्तरियामा तीन युवाको संयुक्त लगानीमा ‘लाल्टिन क्याफे एण्ड बिस्ट्रो’ सञ्चालनमा आएको छ। नेपालीहरूको महान् पर्व बडादसैँको सुरुवात तथा घटस्थापनाको अवसर पारेर आईतबार पञ्चकन्याद्वारा लाल्टिन बालेर क्याफेको उद्घाटन गरिएको हो।

स्थानीय युवा जय धामी, मनोज दाहाल र सुरेन्द्र भट्टको संयुक्त लगानीमा सञ्चालनमा आएको क्याफेमा कफी, चिया, कुकीज, ब्रेकफास्ट लगायत विभिन्न आधुनिक तथा नेपाली परम्परागत परिकार उपलब्ध गरिएको जनाएकाे छ।

सञ्चालक जय धामीले करिब १५ लाख रुपैयाँको संयुक्त लगानीमा क्याफे सञ्चालनमा ल्याइएकबताउँदै सुरुमा चिया पसल खोल्ने योजनाबाट अघि बढेका युवाहरूले ग्राहकलाई स्तरीय सेवा र फरक स्वाद प्रदान गर्ने उद्देश्य सहित क्याफे एण्ड बिस्ट्रो स्थापना गरेको बताए। आगामी दिनमा नेपाली परम्परागत परिकारलाई समेत प्राथमिकताका साथ समेट्दै सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

क्याफेमा चिया तथा कफीका लागि छुट्टै स्थान, पारिवारिक भेटघाटका लागि पारिवारिक स्पेस, क्याफे स्पेस तथा धूमपानका लागि छुट्टै क्षेत्रको व्यवस्था गरिएको सञ्चालक धामीले बताए। युवालाई स्वदेशमै उद्यम तथा व्यवसायमा जोड्ने उद्देश्यले व्यवसाय सुरु गरिएको साथै देशमा बेरोजगारीको समस्या रहे पनि विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको अभाव समेत देखिएकाले युवालाई उद्यमशीलता तर्फ आकर्षित गर्न राज्यले व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने धामीले आफ्नो धारणा ब्यक्त गरेका छन्।

यस्तै अर्का सञ्चालक मनोज दाहालले सहरीकरणको विस्तारसँगै अत्तरियामा क्याफे तथा बिस्ट्रोको आवश्यकता बढ्दै गएकाले नयाँ सोचका साथ व्यवसाय सञ्चालनमा ल्याइएको बताए। उक्त क्याफेबाट ५ जना युवाहरुले रोजगार प्रदान गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.