अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया हस्पिटल प्रालिले आपतकालीन प्राथमिक उपचार तथा आधारभूत जीवन रक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार आयोजित कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी तथा हस्पिटलका स्वास्थ्यकर्मी सहभागी थिए। प्रशिक्षक डा. अंकुर घिमिरेले हृदयाघातको पहिचान, होस, सास र मुटुको धड्कन जाँच तथा सीपीआर गर्ने तरिकाबारे व्यावहारिक प्रशिक्षण दिएका थिए। कार्यक्रमको संयोजन हस्पिटलका संचालक डिल्ली राज पाठकले गरेका हुन ।
कैलालीको गोदावरी नगरपालिका–२ को अत्तरिया हस्पिटल प्रालिले आपतकालीन अवस्थामा बिरामी तथा घाइतेको ज्यान कसरी बचाउन सकिन्छ भन्ने विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्राथमिक उपचार तथा आधारभूत जीवन रक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
आइतबार हस्पिटलको आयोजनामा सम्पन्न कार्यक्रममा अत्तरिया क्षेत्रमा कार्यरत नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी तथा हस्पिटलका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षकका रूपमा डा. अंकुर घिमिरेले सहजीकरण गरेका थिए।
अभिमुखीकरणका क्रममा डा. घिमिरेले आकस्मिक अवस्थामा मानिसको होस, सास र मुटुको धड्कन जाँच गर्ने तरिका, हृदयाघात तथा अन्य गम्भीर स्वास्थ्य समस्याका लक्षण पहिचान गर्ने उपाय र समयमै प्राथमिक उपचार उपलब्ध गराउने प्रक्रियाबारे व्यावहारिक जानकारी दिएका थिए।
अभिमुखीकरणका क्रममा डा. घिमिरेले आकस्मिक अवस्थामा मानिसको होस, सास र मुटुको धड्कन जाँच गर्ने तरिका, हृदयाघात तथा अन्य गम्भीर स्वास्थ्य समस्याका लक्षण पहिचान गर्ने उपाय र समयमै प्राथमिक उपचार उपलब्ध गराउने प्रक्रियाबारे व्यावहारिक जानकारी दिएका थिए।
विशेषगरी कुनै व्यक्तिको मुटुको धड्कन बन्द भएको वा सास फेर्न नसकेको अवस्थामा कसरी तत्काल जीवन रक्षा गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो। छाती थिच्ने सही तरिका, छाती कति छिटो र कसरी थिच्ने, आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी तथा बिरामीलाई अस्पताल पुर्याउनुअघि गर्नुपर्ने प्राथमिक उपचारका विषयमा समेत सहभागीलाई जानकारी गराइएको थियो।
कार्यक्रमले दुर्घटना, हृदयाघात तथा अन्य आकस्मिक स्वास्थ्य समस्याका बेला सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई तत्काल उचित कदम चाल्न सक्षम बनाउने अपेक्षा गरिएको छ। आपतकालीन अवस्थामा सही समयमा गरिने सामान्य प्राथमिक उपचारले समेत मानिसको अमूल्य जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यस्ता कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ।